चुरे जोगाउन प्रर्दशन

समाचार

1/20/2021

जनकपुरधाम, ७ माघ । चुरे संरक्षण अभियानले मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी विरोध प्रर्दशन गरेका हुन् ।

रेलवे स्टेशनबाट सुरू भएको प्रर्दशन भानु चोक हुँदै मुख्यमन्त्री कार्यालय पुगेको थियो । प्रर्दशनकारीले भ्रष्ट मन्त्री राजीनामा देऊ, चुरे माफियालाई कारवाही गर, अवैध रुपमा खोला उत्खनन गर्न पाउदैनन् र महोत्तरी वनको प्रमूखलाई कारवाही गर लगायतको नाराबाजी गरेका थिए ।

प्रर्दशनकारीले कार्यालयको अगाडी गएर आफ्नो आवाज राख्न माग गर्दा प्रहरीले बल प्रयोग गरी रोकेका थिए । केही समय प्रहरी र प्रर्दशनकारी बीच खिचातानीसमेत भएको थियो । चुरे बचाउ संघर्ष समितिका प्रदेश संयोजक संयोजक सुनिलकुमार यादवले चुरे जोगाउन पटक पटक सरकारलाई पत्राचार गरेपनि वेवास्ता गरेकाले ध्यानाकर्षण स्वरुप पर्दशन गरेको बताए ।

अभियानले माघ ८ गते रौतहटको गौर, माघ ९ गते सलार्हीको मलंगवा, माघ ११ गते महोत्तरीको जलेश्वर, माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ