काठमाडौं, ५ पुस । अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.ले आजदेखि नियमितरुपमा दैनिक रु.एक करोडको दरले किसानको खातामा भुक्तानी पठाउने भएको छ ।
अन्नपूर्ण तथा इन्दिरा सुगर मिल प्रा.लिका सञ्चालक राकेश अग्रवालले आइतबार एक विज्ञप्ति जारी गरी दैनिक एक करोड रुपैयाँको दर किसानको खातामा भुक्तानी पठाउने सूचि तय भएको जनाएका छन् ।
अन्नपूर्ण सुगर मिल प्रालिले उखु किसानको भुक्तानीका लागि आजैको मितिदेखि लागू हुने गरी भुक्तानी सुरु भएको सञ्चालक अग्रवालले जनाएका हुन् ।
पछिल्लो एक वर्षको अवधिमा अन्नपूर्ण सुगर मिलले किसानका लागि १८ करोड भुक्तानी गरिसकेको विज्ञप्तिमा उल्ल्ेख छ ।
तपाईको प्रतिक्रिया