अनेरास्ववियू पर्साद्वारा सिडिओमार्फत ओलीलाई ज्ञापन पत्र

समाचार

1/10/2021

पर्सा, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियू पर्साले शुक्रबार संसद बिघटन खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

असंवैधानिक र स्वेच्छाकारी ढंगबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै देश र जनताको भविष्यलाई सङ्कट तर्फ धकेलेको भन्दै अनेरास्वबियुका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलंई ज्ञापन पत्र बुझाएका हुन् ।

पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत अनेरास्वबयिुका जिल्ला संयोजक रामबाबु यादवको नेतृत्वमा गएका विद्यार्थी नेताहरुले ज्ञापन पत्र बुझाएका हुन ।

ओलीले दम्भ र अहंकार साथ् गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक, अराजनैतिक र अलोकतान्त्रिकसँगसँगै लहडी र बदनियतपूर्वक रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सँसद विघटन गरिएको विरुद्धमा अहिले देशभर भइरहेको विरोध प्रदर्शन र सभाहरुमा प्रदर्शनकारीहरुलाई धम्क्याउने, तर्साउँने र धरपकट नगर्न पनि चेतावनी दिइएको छ ।

विश्‍व महामारीको रुपमा फैलिएको कोरोना महामारीको परिस्थितीलाई समेत ख्याल नगरी जनअपेक्षा बिपरित प्रधानमन्त्री ओलीले जनताले दिएको मतको बिपरित संसद बिघटन गरेको आरोप लगाइएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य जुबेर आलम,प्रभाकर गुप्ता, शिवम साहका विद्यार्थी नेताहरुको सहभागितामा ज्ञापन पत्र बुझाइएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ