रुपन्देही, २५ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अपूरो संविधानका कारण अहिले समस्या देखिएको बताएका छन् ।
संसद विघटनविरुद्धमा जसपा रुपन्देहीले शनिबार आयोजना गरेको विरोध कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।
उनले संसद विघटन असंवैधानिक भएको समेत बताए । पाँचवर्षका लागि निर्वाचित संसद विघटन गर्नु असंवैधानिक भएको बताएका थिए ।
यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव, सर्वेन्द्रनाथ शुक्ल लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया