मोरङ, ३२ साउन । लेटाङ्ग नगरपालिका–९ तेली खोलामा अवैध रुपमा ढुङ्गा उठाउँदै गरेका को.२ त ७९२९, को.१ त ८५९३ र को.२ त ९३०१ नम्बरका तीन वटा ट्रयाक्टरलाई चालक सहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा उत्खनन गरी ढुङ्गा उठाउँदै गरेको अवस्थामा ती ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रयाक्टर तथा चालकलाई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया