अवैध रुपमा ल्याएको सामान बरामद

समाचार

12/6/2020

नेपालगञ्ज, २१ मंसिर । कोरोना महामारीको कहर घट्दै जाँदा बाँकेस्थित नेपाल–भारत सिमानामा तस्करहरु पुनः सल्बलाउन थालेको छन् ।

बाँकेसँग जोडिएको भारतीय सिमानामा तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीले पछिल्लो समयमा दिनदिनै अवैध रुपमा भारतबाट ल्याउँदै गरिएका तस्करीका विभिन्न सामान नियन्त्रणमा लिन थालेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका प्रमुख एसपी अशोक बमले कोरोनाको कहर घट्दै गएको बेला सिमानामा तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीले पछिल्लो समयमा दिनदिनै ठूलो परिमाणमा अवैध रुपमा भित्र्याउन खोजेको लाखौँ रुपियाँका सामान बरामद भइरहेको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ