विराटनगर, २८ भाद्र । आइसोलेसन केन्द्र व्यवस्थापनका लागि प्रदेश १ सरकारले स्थानीय तहलाई १ करोड १० लाख बजेट दिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनका लागि उक्त रकम निकासा गरेको बताएका हुन् ।
मुख्यमन्त्री राईका अनुसार प्रदेश सरकारले मोरङको सुनवर्षी, रतुवामाई नगरपालिकालाई १०÷१० लाख, धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई ५÷५ लाखका दरले बजेट उपलब्ध गराइएको जनाएको छ ।
यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, झापाको गौरीगन्ज र कमल गाउँपालिकालाई ५÷५ लाख, इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख बजेट उपलब्ध गराएको राईले बताए ।
सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरस्थित आइसोलेसन केन्द्र व्यवस्थापनका लागि १० लाख बजेट उपलब्ध गराएको हो ।
तपाईको प्रतिक्रिया