एक विघामा लगाइएको गाँजा खेती

समाचार

12/27/2020

बारा, १२ पुस । बारामा एक विघा ऐलानी जग्गामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

निजगढ नगरपालिका वडा नम्बर १२ नाङगे डाँडास्थित एक विघा ऐलानी जग्गामा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ