एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

समाचार

12/9/2020

बाँके, २३ मंसिर । नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागंज बस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान अली रहेका छन् ।

केही मानिसहरुले एटिएम मेशिनमाचोरी गर्न लागेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाँकेबाट खटिएको प्रहरीले उक्त एटिएम बुथतोडफोड गरी भाग्न लागेको अबस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ