एमाले र जसपाबीच आज पनि छलफल हुँदै

समाचार

3/12/2021

काठमाडौं, २८ फागुन । नेकपा एमाले र जसपाका शीर्ष नेताहरूबीच सत्तासमीकरणको विषयमा आज पनि छलफल हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा साँझ दुवै पक्षबीच वार्ता हुन लागेको हो ।

नेकपा सर्वोच्च अदालतबाट खारेज भए पछि बदलिएको राजनीतिक परिवेशमा नेकपा एमालले र जसपाबीच सत्ता साझेदारीको पहल भइरहेको छ । यही क्रममा दुबै दलका तर्फबाट कार्यदल गठन भएको आजपनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताइएको छ ।

मधेश तथा थरुहट आन्दोलनको क्रममा पक्राउ परेका रेशम चौधरीलगायतका नेताको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको विषयमा जसपा नेपालका नेताहरुले ध्यानाकर्षण गराएका छन् भने त्यसको रिहाइ गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने माग जसपाले अगाडी बढाएका छन् ।

जसपा नेपालले उठाएको मागको बारेमा पार्टी तथा सरकार सकारात्मक रहेको र यसको बारेमा विस्तृत छलफल गरेर टुगों लगाउनेबारे आजपनि प्रयास जारी रहनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ