एमसीए नेपालका इन्जिनियर यादवको कोरोना संक्रमणबाट निधन

समाचार

11/25/2020

काठमाडौँ, १० मंसिर । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था एमसीए नेपालका प्रमुख इन्जिनियर सुरेश यादवको निधन भएको छ ।

कोरोना संक्रमित यादवको उपचारका क्रममा निधन भएको हो । यादव एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर रहेको अमेरिकी दूतावासले जनाएको छ ।

इन्जिनियर यादवको निधनमा दुःख व्यक्त गर्दै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले समवेदना प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ