एसिड पीडित आरतीलाई सम्मान

समाचार

3/8/2021

जनकपुरधाम, २४ फागुन । प्रदेश २ सरकारले एसिड पीडित आरती साहलाई सम्मान गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा साहलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरे ।

आरती साहामाथि उनकै श्रीमानले लक्ष्मी पूजाको दिन माइतीमै गएर एसिड प्रहार गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित ससुरालीमा गएर श्रीमानले एसिड प्रहार गरेका थिए ।

प्रहरीले एसिड प्रहार गर्ने आरतीकी श्रीमान् र एसिड व्यापारीलाई पक्राउ गरेका गरिसकेका छन् । हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ