एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

समाचार

3/5/2021

काठमाडौं, २१ फागुन । एसिड पीडित पर्सा जिल्लाकी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएको छ ।

नेपालस्थित अमेरिकी मिशनले मुस्कानलाई तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गरेको हो ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दै आएको छ ।

आईडब्ल्यूओसी पुरस्कार समारोह हेर्नका लागि फागुन २४ गते सोमबारको राति ८ः३० बजे अमेरिकी दूतावासको फेसबुक पेजमा हेर्न सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ