ओलीले संविधानको मर्म र भावनाको हत्या गरी ‘कू’ गरे : जसपा सांसद श्रेष्ठ

समाचार

12/20/2020

काठमाडौं, ५ पुस । जनता समाजवादी पार्टी नेपालका नेता तथा संघीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानको मर्म र भावनाको हत्या गरी कू गरेको बताएका छन् ।

सांसद श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भनेका छन्, सङ्घीय संसदको प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु ओलीको प्रतिगामी कदम हो ।’ उनले त्यसको विरूद्ध तुरून्तै प्रतिनिधिसभाको बैठक डाक्नका लागि पहल गर्नुपर्ने बताएका छन् ।

नेता श्रेष्ठले यस कदमको विरूद्ध रहेका सबै अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरू मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधीबेहरी सृजना गर्नुपने बताउँदै अबको आन्दोलनको मुख्य एजेण्डाहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, राष्ट्रिय स्वाधीनता, सहभागितामूलक समावेशी लोकतन्त्र, अधारभूत मानव अधिकारको रक्षा, विधीको शासन, समतामूलक समृद्धि, जनजीविकाको ग्यारेण्टी, सुशासन आदि हुनुपर्ने बताएका छन् ।

श्रेष्ठले यसको प्रारम्भ भने प्रतिनिधिसभा विघटनको षड्यन्त्रविरुद्ध सबै अग्रगामी परिवर्तनकारी शक्तिहरूको ‘सङ्घीय लोकतान्त्रिक गठबन्धन’ बनाएर गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ