धनगढी, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली निकट सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।
नेकपा विभाजनबाट कित्ताकाट भएपछि ओली समूह र माधव–प्रचण्ड समूहले एक अर्कालाई निष्काशन गर्ने, बर्खास्त गर्ने लगायत हुँदै आएको छ ।
माधव–प्रचण्ड समूहका मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई मंगलबार बर्खास्त गरेका छन् ।
उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए । बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले आफ्नो पक्षका मन्त्री नियुक्त गर्ने तयारीमा रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया