कांग्रेसका सयौं नेता कार्यकर्ता जसपामा प्रवेश

समाचार

12/9/2020

राजविराज, २४ मंसिर । सप्तरीमा नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

राजविराजको जिल्ला समन्वय समितिमा आयोजित पृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गरी सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।

कांग्रेसका निर्माण व्यासायी रामअशिष साहको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेको बताइएको छ ।

नवप्रवेशीहरुलाई जसपा नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले अबिर माला लगाउँदै सदस्यता वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ