कांग्रेसले सुरु ग¥यो ‘गरीखाने अभियान’

समाचार

1/28/2021

वीरगञ्ज, १५ माघ । नेपाली काँग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियान बारे जानकारी दिइएको हो ।

उद्योगी विनोद चौधरीको नेतृत्वमा उक्त अभियान सुरु भएको अभियानका सहसंयोजक अनिल रुगंटाले जानकारी दिए ।

उनले नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको बताए । ‘नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना छ’ उनले भने ।

उद्योगी चौधरीले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए ।

‘अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं । यो बाटोमा लागेर उसले ल्याउने परिवर्तनलाई सफलताको गति दिन सक्छ’ उनले भने । गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ