कांग्रेस नेता मण्डलको कोरोनाबाट मृत्यु

समाचार

11/1/2020

बारा, १६ कार्तिक । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा गएराति निधन भएको हो ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शनिबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको थियो ।

नारायणीले उपचार गर्न नसक्ने भएपछि गम्भीर अवस्थामा थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा बाटोमा नै निधन भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए ।

मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, महासमिति सदस्य पेमाशिद्धी लामा र सुरेशकुमार खनाल लगायतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ