काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने सहमत भएका छन् । शनिबार कांग्रेस सभापति निवासमा भएको दुवै पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
सो भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा.मिनेन्द्र रिजाल सहभागी थिए भने जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।
कांग्रेस र जसपाले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग मागसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया