कटुवा पेस्तोलसहित तीन जना पक्राउ

समाचार

3/14/2021

रुपन्देही, १ चैत । रुपन्देही जिल्लाको मर्चवारी गाँउपालिका ७ कंचनपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको समरी गाँउपालिका ७ बस्ने बेतकुईया बस्ने २४ बर्षिय सुरज हरिजन, २३ बर्षिय कोटौल हरिजन र २६ बर्षिय सजिल मुसलमान छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बोगडीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चार सय ग्राम गाँजा समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद कटुवा पेस्तोल र गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ