कटुवा पेस्तोलसहित दुई जना पक्राउ

समाचार

3/10/2021

बाँके, २६ फागुन । नेपालगंज उपमहानगरपालिका–१ बिशालनगर चोक नजिकबाट एकनाले कटुवा पेस्तोल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१ पिपल चौतारा बस्ने २७ वर्षीय प्रेम कुमार बहिलिया र बर्दिया राजापुर नगरपालिका–१० बस्ने २४ वर्षीय कृष्णा चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ