मोरङ, २० मंसिर । सुनबर्सी नगरपालिका–५ झुगी चोक बस्ने ४१ वर्षीय राजकुमार मण्डललाई १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली, १९ हजार ३ सय २५ रुपैयाँ र २ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो जाँच गर्ने क्रममा कम्मरमा लुकाई राखेको उक्त हतियार फेला पारी मण्डललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया