काठमाडौं, ७ असोज । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।
प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’को नारा लगाएका थिए । उनीहरुले चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, पूरानो सन्धि लागु गर, सिमा नाका खुल्ला गर र भन्सारमा रोकिएका सामानहरु खुल्ला गरलगायतका चर्का नारा लगाएका थिए ।
पछिल्लो समय चीनले नेपालको हुम्लामा जमिन मिचेको समाचार आईरहेका छन् । नेपाली भूमिमा चिनियाँहरुले ९ वटा घर बनाएको खुल्न आएको छ ।
तपाईको प्रतिक्रिया