काठमाडौं, ३ पुस । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच समझदारीपत्र (एमओयू) हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयूको अन्तिम मस्यौदा तयार भएको छ । मन्त्रिपरिषदले स्वीकृति दिएपछि भारतसँग औपचारिक रुपमा एमओयू हुनेछ ।
प्रस्तावित एमओयूअनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ र, ब्रोडगेज प्रविधिमै यो रेलमार्ग बनाइनेछ ।
मन्त्रिपरिषदबाट स्वीकृति लिएर एमओयूमा हस्ताक्षर भएपछि भारतीय पक्ष नापजाँचका लागि फिल्डमा आउनेछ । भारतीय कम्पनी कोंकण रेल–वे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले आफैंले गरेको प्रारम्भिक अध्ययनका आधारमा डीपीआर तयार गर्ने छ ।
.नेपाल र भारतबीच २०७६ भदौ १५ मा ‘रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग’को प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
तपाईको प्रतिक्रिया