कपिलवस्तुमा डुबेर दुई जनाको मृत्यु

समाचार

10/28/2020

कपिलवस्तु, ८ कार्तिक । महाराजगञ्ज नगरपालिका–५ इट्रोलस्थित मठ्ठखनौवा पोखरीमा डुबेर शनिबार बिहान २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही नगरपालिका–५ इट्रोल बस्ने ३२ वर्षीय अशोक कुमार पाठक र सोही ठाउँ बस्ने २६ वर्षीय करमहंश पाठक रहेका छन् ।

पूजामा चढाउने कमलको फुल टिप्न गएको अवस्थामा उनीहरुको डुबेर मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ