कपिलवस्तुमा लागूऔषध तथा नगदसहित दुई जना पक्राउ

समाचार

1/11/2021

कपिलवस्तु, २७ पुस । बाणगंगा न.पा. ६ सुठौलीबाट करिब १ ग्राम १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र नगद ६६ हजार ६ सय ३५ रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ बस्ने ४२ वर्षीय पारस बिक र उनकै श्रीमती ३७ वर्षीया आरती बिक रहेका छन् ।

लु.५ प ५६८६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ