कोरोनाबाट नेपालगन्जमा एकको मृत्यु

समाचार

8/26/2020

नेपालगन्ज, १० भाद्र । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने प्रदेश ५ मा २४ पुगेको छ ।

दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ