कोरोनाबाट पाटन अस्पतालमा सर्लाही र दोलखाका एक–एक जनाको मृत्यु

समाचार

8/21/2020

काठमाडौं, ५ भाद्र । कोरोना भाइरस संक्रमणबाट सर्लाही र दोलखाका एक–एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ ।

शुक्रबार बिहान उपचाररत दुवै कोरोना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले जनाएको छ ।

केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ