जनकपुरधाम, १२ भाद्र । प्रदेश २ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । बारामा १ गर्भवती महिलासहित ५ जना, पर्सामा २ जना र धनुषामा १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
उनका अनुसार बाराको सुवर्ण गाउँपालिका ४ हर्दियाकी २३ वर्षीय गर्भवती महिला र बारा जिल्लाकै विभिन्न स्थानका ४२, ५९, ७० र ७५ वर्षीय चारजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यस्तै पर्सा सुपौलीका ६६ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ छ ।
त्यस्तै धनुषाका मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाटै मृत्यु भएको अधिकृत झाले पुष्टि गरेका छन् ।
यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । जसमा ११ जना महिला छन् ।
तपाईको प्रतिक्रिया