विराटनगर, २५ असोज । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएसँगै असोज २१ गते ७१ वर्षीय वृद्धलाई अस्पतालमा भर्ना गरिएको थियो । उनमा कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो ।
यस्तै सुनसरीको दुहबी ३ की महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । असोज २० गते अस्पतालमा भर्ना भएकी उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको शनिबार राति मृत्यु भएको दाहालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया