रुपन्देही, २६ असोज । कोरोना भाइरस (कोभिड–१९) बाट रुपन्देहीमा सोमबार बिहान थप एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोरोनाबाट मर्ने संख्या ४० पुगेको छ ।
सोमबार बिहान देवदह नगरपालिका–१० का ७९ वर्षका पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।
तपाईको प्रतिक्रिया