कोरोनाबाट रुपन्देहीमा थप एकको मृत्यु

समाचार

8/25/2020

रुपन्देही, ९ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

गैडहवा गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ