वीरगन्ज, ८ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
क्षयरोग भएकी वृद्धाको स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते शनिबार परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । शनिबार नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोभिड अस्पतालमा आईसीयु बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आईसीयूमा राखेर उपचार गरिएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तीमध्ये २९ जना पर्साका, ५ जना बाराका र २ जना रौतहटका छन् ।
तपाईको प्रतिक्रिया