वीरगन्ज, ७ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।
तपाईको प्रतिक्रिया