कोरोनाबाट सर्लाहीमा तीन जनाको मृत्यु

समाचार

8/22/2020

सर्लाही, ६ भाद्र । कोरोना संक्रमणबाट सर्लाही जिल्लामा तीन जनाको मृत्यु भएको छ । हालसम्म सर्लाही सदरमुकाम मलंगवाका एक पुरुष र एक महिला तथा लालबन्दीकी एक महिला गरी तीन जनाको मृत्यु भएको हो ।

मलंगवा नगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको गत साउन २१ गते मृत्यु भएको थियो । यस्तै शुक्रबार मलंगवा नगरपालिका–९ निवासी ४६ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

फोटोकपी, प्रिन्ट लगायत पसल गर्दै आएका उनको ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको छ । त्यस्तै लालबन्दी नगरपालिका–७ स्थित बजारमा मःम पसल सञ्चालन गरेर बस्दै आएकी अन्दाजी ३३ वर्षीया महिलाको ओम अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

सिन्धुलीको मरिण स्थायी घर भए पनि ती महिलाको परिवार लामो समयदेखि लालबन्दीमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ