वीरगन्ज, ११ भाद्र । कोरोना भाइरसको संक्रमणबाट वीरगन्जस्थित नारायणी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
७२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार साँझ निधन भएको छ छ ।
हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया