कोरोना संक्रमणबाट महोत्तरीमा स्वास्थ्यकर्मीको मृत्यु

समाचार

8/31/2020

काठमाडौं, १५ भाद्र । नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा–४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा मृत्यु भएको थियो । गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए । त्यसै क्रममा उनी बिरामी परेका थिए ।

भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो। तर त्यहाँ अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

उनको मृत्यु भएपछि काठमाडौंमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको थियो । प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले पनि उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ