कोरोना संक्रमणबाट सप्तरीमा एकको मृत्यु

समाचार

8/30/2020

सप्तरी, १४ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सप्तरीमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ