बारा, २० असोज । कलैया उपमहानगरपालिका वडा नं. १६ कार्यालयमा करिब वाडाबासीहरुले तालाबन्दी गरेका छन् । वडा विकास सुधार समितिले ११ सूत्रीय मागसहित सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र दिँदै आएको थियो ।
समितिले दुई पटकसम्म सम्बन्धित निकायमा वडा कार्यालयमा वडा अध्यक्षको नियमित उपस्थिति तथा वडाका सम्पूर्ण कामहरु नियमित रुपमा संचालन सहितका विभिन्न मागसहित ज्ञापन पत्र दिदै ध्यानाकर्षण गराएको थियो ।
सम्बन्धित पक्षबाट कुनै पनि वास्ता नगरेको तथा कार्यालयमा नियमित रुपमा उपस्थिति पनि नभएकोले वडाबासी मर्कामा पर्दा वडा कार्यालयमा तालाबन्दी गरेको समितिका अध्यक्ष अनिल कुशवाहाले जानकारी गराए ।
समितिका अध्यक्ष अनिल कुशवाहाको नेतृत्वमा रहेको एक टोलीले वडाको कार्यालय कलैया उ।म।न।पा १६मा तालाबन्दी गरेके छ ।
बारा जिल्लाको कलैया उप महानगरपालिकाको वडा नं. १६ को वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएका तीन वर्षको कार्यकाल बितिसक्दा पनि मुस्कीलले ३ दिन पनि वडा कार्यालयमा पूरा समय उपस्थित भई राज्य सरकारले लिएको लक्ष्य तथा आफूले चुनावएताका जनतासमक्ष गरेको वाचा अनुरुपका कामहरु नगरेकोमा वडा विकास सुधार समितिको गम्भीर ध्यानाकार्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने वडाध्यक्षले सेवाग्रहीलाई मार्कामा परेको स्थानियहरुले गुनासो गरेका छन् ।
कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिश, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्ने जस्ता कामले जन गुनासाहरू बढ्दै गएकोले तालाबन्दी गरेकेस्थानिय तथा समितिका सदस्य लक्षमी कुशवाहाले जनाए ।
उक्त कार्यतक्रममा वाडाबासीविनोद कुमार यादव, कलामोदिन अंसारी, जितेन्द्र कुमार यादव, धनेश्वर कुमार राम, राजकिशोर कुशवाहा, ज्ञान प्रकाश ठाकुर, चन्दन राम, पवन कुमार कुशवाहा, प्रवेश कुमार कुशवाहा, बृजकिशोर ठाकुर, अजय कुमार राम, रविरन्जन कुमार राम, रविन्द्र कुमार राम, अरविन्द कुमार राम, जेनिश मेहरा, हरिओम कुशवाहा, बैजनाथ राम लगायतको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया