कैलालीका दुई कोरोना संक्रमितको मृत्यु

समाचार

10/21/2020

कैलाली, ५ कात्तिक । कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो ।

सेती अस्पतालका अनुसार असोज २८ गते संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

त्यस्तै, ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । १५ दिन अगाडी सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ