कैलालीको दुई ठाउँमा बीओपी स्थापना

समाचार

2/3/2021

धनगढी, २१ माघ । कैलालीको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

सीमाको सुरक्षा, क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मङ्गलबार उद्घाटन गरिएको छ ।

लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।

कैलाली जिल्लामा स्वीकृत बीओपी अनुसार दुई बीओपीको स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ ।

यो संगै कैलालीमा बीओपी सङ्ख्या १४ पुगेको छ । भारतसँग १०१ किलोमिटर खुल्ला सिमाना रहेको यो जिल्लामा अब प्रायः सबै नाकामा सशस्त्र प्रहरी बलको उपस्थिति भएको छ ।

बीओपीको उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले सीमा सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा व्यावसायिक ढङ्गले लाग्न बीओपीमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ