कैलाली, २५ भाद्र । धनगढी उपमहानरपालिका–१८ पच्चिसघरस्थित ईन्दिरा सप्लायर्समा आगलागी हुँदा ७५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
बुधबार राति विद्युत सर्ट भई आगलागी हुँदा सप्लायर्सभित्र रहेको चामल, दाल, चियापत्ती लगाएतका सामानहरु जलेर करिब ७५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथै सिमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया