कैलालीमा थप पाँच दिन निषेधाज्ञा जारी रहने

समाचार

8/29/2020

कैलाली, १३ भाद्र । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि कैलालीमा जारी निषेधाज्ञा थप ५ दिनसम्म निरन्तर रहने भएको छ ।

जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएकोले थप पाँच दिन लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेशमा भनेका छन् ।

अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय संचालन नगर्ने, औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन भनिएको छ ।

यस्तै, अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ । अत्यावश्यक सामाग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनहरु जिल्ला भित्र प्रवेश निषेध गर्ने निषेध आदेशमा भनिएको छ ।

स्थानीय प्रहरीसँगको समन्वयमा जिल्ला भित्र अत्यावश्यक वस्तुहरुको संकलन, भण्डारण र ढुवानीको कार्य राती ९ः०० वजे देखि विहान ५ः०० वजे सम्म मात्र गर्ने र जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन नगर्ने भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ