खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

समाचार

8/29/2020

मोरङ, १३ भाद्र । बेलबारी नगरपालिका–५ बस्ने ४० वर्षीय चन्द्र कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जितेन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य वादविवादमा जितेन चौधरी लगायत ४ जनाको समुहले राईलाई धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ