खुल्ला आकाशमुनि चिसोले तड्पिरहेकाहरुलाई न्यानो तथा खाद्यान्न वितरण

समाचार

12/28/2020

वीरगन्ज, १३ पुस । विगत केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण कष्टकर जीवन बिताइरहेका खुल्ला आकाशमुनि र सडकपेटीका गरीब तथा विपन्नहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।

युवा वचन नामक संस्थाले वीरगन्जमा खुल्ला आकाशमुनि र सडक पेटीमा न्यानो कपडाको अभावमा जाडोले सताइएकाहरुको राहतका लागि कम्बल, मैट र खानेकुरा मध्यरातमा वितरण गरिएको छ ।

विगत चार वर्षदेखि हरेक जाडोयाममा युवा वचनले यो अभियान सन्चालन गर्दै आएको छ ।

युवा वचनको यो अभियानमा सामाजिक अभियन्ता तथा युवा नेता ओमप्रकाश सर्राफले पनि सहभागिता जनाउँदै आएका छन् । उनी भन्छन्, ‘यो मानवीय कार्यमा हरेक साल सहयोगी, साक्षी तथा सहभागी हुन पाउँदा आत्म सन्तुष्टि मिल्ने गर्दछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ