गुडिरहेको ट्याक्टरबाट हामफाल्दा एकको मृत्यु

समाचार

2/2/2021

मोरङ, २० माघ । सुन्दर हरैचा नगरपालिका–३ पानीटंकीस्थित सडकमा को.१ त७०५३ नम्बरको गुडिरहेको ट्याक्टरबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय बिजय चौधरीको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बिजयको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ