भैरहवा, २२ मंसिर । सर्वसाधारणका लागि लुम्बिनीस्थित भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर खुला गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आइतबार मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको घोषणा गर्नुभयो ।4
कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकको स्वास्थ्य मापदण्ड अपनाएर घुम्न दिने भन्दै मन्दिर खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री भट्टराईले बताउनुभयो ।
भट्टराईका अनुसार मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणले अनिवार्य माुस्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने छ ।
तपाईको प्रतिक्रिया