कञ्चनपुर, २९ असोज । नेपाल–भारत सीमानाकामा संयुक्त नागरिक सहायता कक्ष स्थापना भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ डोकेबजारमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
दसैँ–तिहारका वेला समस्यामा परेका दुवै देशका नागरिकको उद्धारका लागि सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिएको हो । पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले संयुक्त नागरिक सहायता कक्षको उद्घाटन गर्दै चाडबाडका वेला सीमा क्षेत्रमा हुने घटना रोक्नुका साथै आपतविपतमा परेका दुवै देशका नागरिकको उद्धारमा जुट्न संयुक्त प्रयास आवश्यक रहेको औँल्याए ।
हेल्प डेस्क स्थापनासँगै डोकेबजार क्षेत्रमा ५० लाख लागतमा होल्डिङ सेन्टर स्थापना गरिने मेयर थापाले बताए ।
हेल्प डेस्कमा नेपालतर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट एसएसबीले संयुक्त ड्युटी गर्नेछन् । दसैँ, दीपावली र छठसम्म संयुक्त नागरिक सहायता कक्ष सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया