गौर, ४ असोज । रौतहटको गौर अस्पतालमा पीसीआर परीक्षण ल्याब स्थापना भएको छ । प्रदेश २ सरकारको सहयोगमा कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर ल्याब स्थापना गरिएको हो ।
प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक कार्यक्रमका बीच पीसीआर परीक्षण ल्याबको उदघाटन गरे । ल्याबले ६ घण्टा भित्रमा ७२ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको अस्पतालले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त निर्णयले जिल्लाका स्थानीय तहहरुले सो ल्याब र आइसोलेसन निर्माणका लागि पाँच लाख रुपैयाँका दरले सहयोग गरेका थिए । ल्याब सञ्चालनमा आएपछि स्वाबको नतिजा चाँडै प्राप्त हुने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया