घुस लिने नापतौलका ४ कर्मचारी पक्राउ

समाचार

12/6/2020

वीरगञ्ज, २१ मंसिर । उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको हो ।

एउटा टेक्सटायल उद्योगमा अनुगमनको क्रममा उनीहरुले ११ हजार रुपैयाँ घुस लिएकाले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख बरिष्ठ निरीक्षक शशीभुषण यादवका अनुसार कार्यालयले सातामा दुई÷तीन दिन नियमित अनुगमन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ